ताजा समाचार

शिक्षकबाट राजीनामा दिएका गोरखबहादुर बैतडीको पञ्चेश्वर गाउँपालिकामा विजयी

बैतडी, १६ असार । बैतडीको पञ्चेश्वर गाउपालिकामा नेकपा एमालेले बिजयी भएको छ । एमालेका गोरखबहादुर चन्द २ हजार ६ सय ८ मतसहित विजयी भएका हुन् । चन्दले शिक्षकबाट राजिनामा दिएर चुनाव लडेका थिए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशबहादुर चन्दले १ हजार ७ सय २८ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा पनि एमालेकै विना भट्ट २ हजार ४ सय २४ मत प्राप्त गरी बिजयी भएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी विन्दु चन्दले १ हजार ८ सय ७४ मत प्राप्त गरेकी छन् । ६ वडा रहेको पञ्चेश्वरमा नेकपा एमालेले ३ वडामा जित हासिल गरेको छ । २ वडामा कांग्रेस र १ वडामा राप्रपा बिजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org