ताजा समाचार

ओखलढुंगाको मोलुङ गाउँपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी


ओखलढुंगा, २० असार । ओखलढुंगाको मोलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मणिराज राई विजयी भएका छन् । उनी ३ हजार १२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका महेन्द्र बहादुर कार्कीले २ हजार ९८७ मत ल्याए ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी हेम कुमारी तामाङ ३ हजार २५९ मतसहित विजयी भएकी छन् । उनका प्रतिष्पर्धी एमालेका हेमकला धमालाले २ हजार ५५२ मत ल्याईन् । ओखलढुंगाका ८ स्थानीय तहमध्ये ४ मा नेपाली कांग्रेस, ३ मा एमाले र १ मा माओवादी केन्द्र विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org