आइकाओले आजदेखि नेपाली आकाशको बृहत् अध्ययन तथा मूल्यांकन गर्दै
काठमाडौं, २० असार । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले आजदेखि नेपाली आकाशको बृहत् अध्ययन तथा मूल्यांकन (अडिट) गर्ने भएको छ । नेपालले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो समय उल्लेख्य सुधार गरेको दाबी गरिरहेका बेला आइकाओ ले बृहत् अध्ययन तथा मूल्यांकन (अडिट) गर्न लागेको हो ।
आएकाओको दुई सदस्यीय टोलीले आजदेखि नेपाली आकाशको अडिट सुरु गर्ने छ । टोलीले मंगलबारदेखि असार २७ सम्म नागरिक उड्डयन प्राधिकरणसहित केही एयरलाइन्सहरुको अडिट गर्ने कार्यक्रम छ ।
आइकाओका क्याप्टेन भोउड्री युजेनी र एरोनटिकल इञ्जिनियर एडमण्ड बोहल्याण्ड अडिटका लागि नेपाल आएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए । पछिल्ला केही वर्षदेखि आइकाओले नेपाललाई ‘सिग्निफिकेन्ट सेफ्टी कन्सर्न’ (एसएससी) सूचिमा राखेको छ ।
नेपाल आएको टोलीको अडिटपछि एसएससी हट्यो भने प्राधिकरणले युरोपेली आयोगलाई उनीहरुको ‘हवाई सुरक्षा सूची’ बाट नेपाललाई हटाउन आग्रह गर्नेछ ।
Comments
अरु समाचार
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...