ताजा समाचार

बर्दियाको सबै स्थानीय तहको मतगणना सम्पन्न, कहाँ कसले जिते ?

बर्दिया, २० असार । बर्दियाको सबै तहको मतगणना सम्पन्न भएको छ ख। ६ नगरपालिका र २ गाउँपालिका गरी ८ स्थानिय तह रहेको बर्दियामा एमाले र माओवादी केन्द्र तीन/तिन तहमा विजयी भएका छन् । यस्तै नेपाली कांग्रेस दुई तहमा विजयी भएको छ । गुलरीया नगरपालिका र गेरुवा गाउँपालिकामा नेपाली कांग्रेसले जितेको हो ।

यस्तै मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र राजापुर नगरपालिकामा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ । ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा नेकपा एमालेले जितेको छ । ठाकुरबाबा नगरपालिकामा प्रमुख पदमा एमाले तथा उपप्रमुख पदमा माओवादी केन्द्र विजयी भएको छ । अरु ७ तहमा भने प्रमुख र उपप्रमुख एउटै पार्टीका विजयी भएको छ ।

नेपाली कांग्रेसः
बर्दियाको गेरुवा गाउँपालिकामा – जमानसिंह केसी
बर्दियाको गुलरिया नगरपालिका – मुक्तिनाथ यादव

नेकपा एमालेः
बर्दियाको बाँसगढी नगरपालिका– शालिकराम अधिकारी
बर्दियाको बढैयाताल गाउँपालिका – लालबहादुर श्रेष्ठ
बर्दियाको ठाकुरबाबा नगरपालिका – घननारायण श्रेष्ठ

माओवादी केन्द्रः
बर्दियाको राजापुर नगरपालिका – शिव थारु
बर्दियाको बारबर्दिया नगरपालिका – दुर्गा बहादुर थारु (कविर)
बर्दियाको मधुवन नगरपालिका – गणेश केसी (कृष्ण)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org