ताजा समाचार

कपिलवस्तु र वाणगंगा नगरपालिकामा काँग्रेस विजयी

कपिलवस्तु, २१ असार । कपिलवस्तुको कपिलबस्तु नगरपालिकामा कांग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार किरण सिंह ९ हजार २ सय ५४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राजपाका स्वतन्त्र उम्मेदवारलाई पराजित गर्दै सिंह मेयरमा विजयी भएका हुन् । त्यस्तै उपमेयरमा लक्ष्मीदेवि कसौधन विजयी भएकी छन् । उनी ८ हजार ८ सय ६८ मत ल्याएर विजयी भएकी हुन् ।

यस्तै कपिलवस्तुकै वाणगंगा नजरपालिकामा पनि काँग्रेस नै विजयी भएको छ । काँग्रेसका उम्मेदवार मंगलप्रसाद थारु १५ हजार ७ सय ३८ मत ल्याएर विजयी भएका हुन् । उपमेयरमा भने एमालेका चक्रपाणि अर्याल १५ हजार ८ सय ९३ मत ल्याएर विजयी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org