ताजा समाचार

एनसेलको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त

काठमाडौं, २३ असार । नेपालको नीजि मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको नयाँ प्रबन्ध सञ्चालक पदमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् । एनसेलको सञ्चालक समितिले अमरासेकरालाई नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु जस्तै सिङ्गापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिङ्गापुर), मोबीटेल (श्रीलङका), म्याक्सिस बर्हाद (मलेसिया) र एयरसेल लिमिटेड (भारत) मा काम गरिसकेका छन् ।

९ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदमा रही काम गर्दै उनले दूरसञ्चार क्षेत्रमा २५ वर्षको विस्तृत अनुभव संङ्गालेका छन् । नवनियुक्त प्रबन्ध सञ्चालक अमरासेकराले ‘यो अवसर पाएकोमा म निकै नै गौरवान्वित छु । एनसेलसँग आवद्ध भई एनसेललाई ग्राहकको आफ्नै ब्राण्डको रुपमा स्थापित गर्दै, डिजिटल नेपालका लक्ष्य प्राप्तिमा योगदान पु¥याउदै, आजीआटाको ‘एडभान्सिङ एसिया’ को लक्ष्य हासिल गर्न इच्छुक छु,’ भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org