ताजा समाचार

सप्तरीका बाढीपीडितलाई जनही २५ हजार दिने प्रधानमन्त्रीको घोषणा, १५ लाख सम्म ऋण

सप्तरी, २३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढीपीडित परिवारलाई जनही २५ हजार रुपैया क्षतिपूर्ती दिने घोषणा गरेका छन्। गृहमन्त्री जनार्दन शर्मासहितको टोली लिएर सप्तरी पुगेका प्रधानमन्त्री देउवाले भेडियामा आयोजित कार्यक्रममा उक्त रकम दिने घोषणा गरेका हुन्।

प्रधानमन्त्रीले घर निर्माण लागि विस्थापित परिवारलाई १५ लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउने समेत वचन दिएका छन् । उनले बाढी नियन्त्रणका योजनामा अनियमितता अनुसन्धान गर्न संसदीय समिति गठन गर्ने आश्वासन पनि दिए।

कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् । उनले खान र बस्न व्यवस्था मिलाउन पनि प्रशासनलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री डेढ किलोमिटर हिँडेर बाढीपीडितको अवस्था बुझ्नुका साथै सेना, सशस्त्र र नेपाल प्रहरीले पुननिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरिक्षण गर्न गएका थिए।

निरीक्षणपछि प्रधानमन्त्रीले देउवाले बाढीपीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ रुपैयाँ दिइने घोषणा गरेका हुन्। प्रधानमन्त्री देउवाले बाढीपीडितलाई सम्बोधन गर्ने क्रममा राजविराज-कुनौली सडकखण्ड तुरुन्तै सञ्चालनमा ल्याउन पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org