ताजा समाचार

तुलसीपुर उपमहानगरको पहिलो निर्णयः सुत्केरीलाई ५ हजार भत्ता, प्रत्येक वडामा एम्वुलेन्स

तुलसीपुर, २६ असार । तुलसीपुर उपमहानगरपालिकाको पहिलो बैठकले सुत्केरीलाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । नवजात शिशुलाई पोषणयुक्त खाना र मातृशिशु मृत्युदर कम गर्नका लागि प्रोत्साहनस्वरुप उक्त रकम दिने निर्णय गरेको हो ।

आगामी साउन १ गते देखि लागु हुने यो कार्यक्रम सरकारी अस्पतालमा सुत्केरी हुने तुलसीपुर उपमहानगरपालिका भरिका महिलालाई दिइने उपमहानगरले जनाएको छ । यसैगरी नागरिकलाई सहजताका लागि प्रत्येक वडामा एम्वुलेन्स सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले स्थानीयलाई सुलभ दरमा एम्वलेन्स सेवाप्रदान गर्नुका साथै वृद्ध र अपाङ्गहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । त्यस्तै उपमहानगरपालिकाका रहेक वडालाई नयाँ संरचनाअनुसार सेवाग्राहीलाई पायक पर्ने ठाउँमा सर्वदलिय सहमतिअनुसार १५ दिनभित्र समायोजन गर्नुपर्ने निर्णय पनि गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय हाजिरीको सुरुवात गर्नुका साथै उपमहानगरपालिका र वडाहरुलाई अपाङ्गमैत्री, बालमैत्री र जेष्ठ नागरिक मैत्रीहरुको सहजताका लागि भौतिक संरचना निर्माण गर्ने समेत निर्णय गरेको छ ।

मेयर घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सहज ढँगले सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन अधिकृत, कर्मचारी, सुरक्षाकर्मीका साथै मतदातालाई धन्यवाद ज्ञापन गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org