ताजा समाचार

सर्वोच्च अदालत भरतपुर प्रकरणबारे किन सुनुवाई गर्न सक्दैन् ? आजको सुनुवाई पनि सर्‍यो

काठमाडौं। २६ असार । भरतपुर प्रकरणबारे सर्वोच्चमा परेको मुद्धाको सुनुवाई पटक पटक सर्दै आएको छ । वडा नम्बर १९ को पुनः मतदान वा पुनः मतगणना सम्बन्धी विवादको टुंगो लगाउन सर्वोच्चमा आज पनि सुनुवाई हुन सकेन ।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भरतपुर प्रकरणको सुनुवाईको पेशी तोकिएको थियो । तर, हेर्न नभ्याइने भन्दै साउन २ गतेका लागि सारिएको नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले जानकारी दिए । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाई सरेको यो तेस्रो पटक हो । यसअघि दुई पटक सरि सकेको छ ।

यसअघि कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो । सबै कागजातहरु दुई साताअघिनै पेश भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org