दुई महिनामा १ हजार ४ सय ४२ कर्मचारी विदेश भ्रमण गरेर राज्य कोषको एक अर्ब स्वाहा
काठमाडौं, २८ असार । पछिल्लो दुई महिनामा सरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश भ्रमण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाब मात्र हो ।
ती कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन् । ‘यस अवधिमा कर्मचारीहरु अन्टार्टिकाबाहेक सबै महादेश पुगेका छन्,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।
दुई महिना अवधिमा १ हजार ४ सय ४२ सरकारी कर्मचारीले ४९ देश भ्रमणका लागि सरकारबाट स्वीकृति लिएको भेटिएको छ । दुई महिनामा ३९ वटा समूहमा गरी १ सय ८ कर्मचारी दक्षिण कोरिया भ्रमणमा गएका छन् । यसअघि ४८ समूहमा गरेर ९० जनाले विदेश भ्रमण गरेका छन् ।
विभिन्न मुलुकको भ्रमण गर्ने कर्मचारीमा अस्ट्रेलिया ६०, अस्ट्रिया ३, बहमास ४, बहराइन ७, बंगलादेश २२, बेल्जियम २२, भुटान १, कम्बोडिया १५, चिली ७ र चीन ६६ जना छन् । यीलगायत कैयन देशको भ्रमणमा कर्मचारी गएको आजको नागरिक दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
नेप्से परिसूचक २४.३९ अंकले बढ्यो
काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर...
-
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार...
-
संघीय संसदको बजेट अधिवेशन आजदेखि, शीर्ष नेताले सम्बोधन गर्दै
काठमाडाैँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३...
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...