ताजा समाचार

गाउँमा बाँदर धपाउन गाउँपालिकाद्धारा १० लाख बजेट विनियोजन

कास्की, २८ असार । बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो । भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट विनियोजन गरिरहेका बेला रुपा गाउँपालिकाले भने आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै बजेट छुट्याएको आजको कान्तिपुरमा खबर छ ।

त्यहाँ मुख्य पेशा कृषि रहेको र पछिल्लो समय बाँदरको बिगबिगी बढेको भन्दै मंगलबार सम्पन्न पहिलो गाउँभेलाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट छुट्याएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org