ताजा समाचार

आउँदो सोमबार अवकास लिन लागेका राजेन्द्र किशोर क्षेत्री मुख्यसचिवमा नियुक्त

काठमाडौं, २९ असार । सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । क्षेत्री उपराष्ट्रपति कार्यालय र उर्जा मन्त्रालयमा सचिव भइसकेका छन् । आउँदो सोमबार निजामति सेवाबाट अवकास लिन लागेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो ।

वरिष्ठ सचिवमध्येबाट क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव रहेका क्षेत्री कानुन सेवाबाट प्रशासनमा आएर सचिव बनेका थिए । मुख्य सचिव सोमलाल सुवेदी एडिबीको उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो ।

मुख्य सचिवको प्रतिस्पर्धामा क्षेत्रीसँगै राष्ट्रिय सतर्कता केन्द्रका सचिव धनबहादुर तामाङ, अर्थसचिव शान्तराज सुवेदी, शिक्षासचिव शान्तबहादुर श्रेष्ठ, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो, वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, गृहसचिव लोकदर्शन रेग्मी र पर्यटनसचिव शंकर अधिकारी थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org