ताजा समाचार

स्थानीय तह चुनावमा पराजय भोगेको माओवादीले प्रदेश चुनावको तयारी थाल्यो

काठमाडौं, ३० असार । स्थानीय चुनावमा नराम्ररी पराजय भोगेको माओवादी केन्द्रले प्रदेश चुनावको तयारी थालेको छ । पहिलो र दोस्रो चरणको चुनावमा सन्तोषजनक नतिजा ल्याउन नसकेको माओवादीले अब हुने प्रादेशिक चुनावको तयारी थालेको हो । प्रदेश नम्वर १ ले प्रदेश चुनावका लागि घोषणा पत्र लेखन समिति समेत बनाईसकेको छ ।

गोपाल किरातीको संयोजकत्वमा सात सदस्यीय समिति बनाईएको छ । समितिको सचिवमा हेमराज भण्डारी तथा सदस्यहरुमा डा शिवकुमार राई, प्राडा पीके झा, प्राडा भेषकुमारी गुरुङ, प्राडा डम्बर च्यामजोङ र गम्वु शर्पा रहेका छन् ।

समितिले पहिलो चरणमा प्रारम्भिक मस्यौदा बनाउने छ र अन्तिम रुप दिनु अगाडि १ नम्वर प्रदेशका १४ वटै जिल्लामा गएर सुझाव संकलन गरिने सचिव भण्डारीले जानकारी दिए । स्थानीय तहको चुनाव सकिएका प्रदेशमा अब प्रदेश चुनावको तयारी शुरु भएको छ । संवैधानिक व्यवस्था अनुसार माघ ७ भित्र प्रदेश र संघीय चुनाव गर्नुपर्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org