ताजा समाचार

आजदेखि फोटोसहितको मतदाता नामावली संकलन, आयोगसँग देउवाले छलफल गर्दै

काठमाडौं, १ साउन । निर्वाचन आयोगले आज आइतबारदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्दैछ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि आयोगले आगामी १५ गतेसम्म मतदाता नामावली संकलन गर्न लागेको हो ।

आयोगले सूचना निकालेर १८ वर्ष पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका वा लेखाए पनि ठेगाना लगायत विवरण फरक परेकालाई आफ्नो स्थायी ठेगाना भएको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।

नाम दर्ता गर्न वा सच्याउन जाँदा आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जानुपर्नेछ । यसअघि नै नाम दर्ता गराएका र नामावली सच्याउन नपर्ने व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने आयोगले स्पष्ट पारेको छ ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तहरुसँग यसबारेमा छलफल गर्न लागेका छन् । प्रधानमन्त्री देउवाले नामावली संकलनको समय १५ दिन थप गर्ने र आफू रहेकै ठाउँबाट नामावली संकलन गर्ने ब्यवस्था मिलाउने विषयमा छलफल गर्न लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org