ताजा समाचार

ठेकेदार कम्पनीको लापरबाहीः असारमा गरेको कालोपत्रे साउनसम्म पनि टिकेन


काठमाडौं, ५ साउन । ठेकेदार कम्पनीको लापरबाहीले कालोपत्रे गरेको सडक महिनादिन पनि टिक्न सकेको छैन् । कीर्तिपुर गेट सडकखण्ड कालोपत्रे गरेको महिनादिन नबित्दै उप्किएर खाल्डाखुल्डीमा परिणत भएको हो । ठेकेदार कम्पनीले असारमा उक्त सडक कालोपत्रे गरेको थियो । तर, ग्राभेलबिना र पानी परेको बेला अत्यन्तै कमसल ढंगले सडक कालोपत्रे गरेका कारण कालोपत्रे नटिकेको स्थानीयको भनाइ छ।

‘ठेकेदारले पैसा खाने लोभमा मापदण्ड नपुर्‍याई सडक पिच गरेका कारण महिनादिनमै सडक भत्कियो’, कीर्तिपुरका स्थानीय सुनिल महर्जनले भने, ‘विकास निर्माणका काममा ठेकेदारको मनोमानी चल्दा अहिले उपत्यकाका सडकको हालत यस्तै छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org