विवादास्पद क्षेत्रमा थप सेना खटाउने चीनको चेतावनी, के भारतले पनि थप सेना पठाउँला ?
काठमाडौं, ९ साउन । भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चीनले चेतावनी दिएको छ । चीनले आफ्नो सार्वभौमिकताको रक्षाका लागि थप सेना सीमा क्षेत्रमा खटाउने चेतावनी दिएको हो । चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रो सेना उक्त क्षेत्रमा थप खटाउने छौँ ।’
चीन, भुटान र भारतको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि सो विवाद रही आएको छ । सो विवादका कारण उक्त क्षेत्रमा चीनले निर्माण गर्न लागेको सडक पनि स्थगित भएको छ । चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ । भारतले सो सडक निर्माणको कार्य रोक्नु भनेको छ ।
तर, चीनले उक्त क्षेत्रमा जारी रहेको निर्माणको कार्य भने रोकेको छैन । निर्माणस्थल आफ्नो भूभाग रहेको भन्दै चीनले बरु उक्त क्षेत्रमा प्रवेश गरेर भारतीय सेनाले सीमा क्षेत्रको उल्लंघन गरेको जनाएको छ । चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु च्यानले सोमबार (आज) बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने ‘भारतीय पक्षले चीनको सीमामा प्रवेश गरेर सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको छ ।’
उनले सो पत्रकार सम्मेलनमा चीनले आफ्नो सीमा रक्षाका लागि थप सैनिक पठाउन लागेको जानकारी दिए । तर, के कति संख्यामा चीनले सो क्षेत्रमा सेना पठाउन लागेको हो भन्ने जानकारी भने उनले दिएनन् । उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि विवाद उत्पन्न भइरहेको छ । भारतीय पक्षले यस चिनियाँ भनाइपछि कुनै प्रतिक्रिया दिएको छैन । रासस
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...