ताजा समाचार

सरकारी अधिकारी प्रधानमन्त्रीको निर्देशन टेर्देनन्, खाल्डाखुल्डी पुर्न पाएको १५ दिनको समयसीमा गफमै बित्यो

काठमाडौं, १६ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन । सडकका ध्वाङ झन् झन् जोखिमपूर्ण बन्दै गएका छन् ।

खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस्, अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन् । मेलम्चीको पानी वितरणका लागि खनिएका तथा सडक निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीका कारण उपत्यकाका सडक अस्तव्यस्त बनिरहेको छ ।

सडकमा बनेको खाल्डाखुल्डीका कारण गत असार ३० गते एक विद्यालयकी छात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र खाल्डाखुल्डी पुर्न सरोकार भएका कार्यालयलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि अधिकारीहरुले काम तीव्ररुपमा अघि बढेको बताएपनि खासै प्रगति हुन नसकेको छैन् । पानी परिरहेका कारणले धेरै ठाउँमा काम गर्न कठिन भएको सडक विभागले जनाएको छ । खाल्डाखुल्डी पुर्ने जिम्मेवारी पाएका निकायले काम तीब्र रुपमा अगाडी बढाएको दाबी गरिरहेका छन् । तर त्यसको प्रगति भने सुन्य छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org