ताजा समाचार

कुलेखानी जलाशयमा पानी सात मिटर कम भएपछि हिउँदमा लोडसेडिङको सम्भावना

काठमाडौं, २० साउन । वर्षा कम भएपछि यो वर्ष कुलेखानी आयोजनाको जलाशय भरिन सकेको छैन । गत वर्ष साउन तेस्रो साता १५१४ मिटर पुगेको पानी अहिले सोही अवधिमा १५०७ मिटरमात्र छ । पोहोरभन्दा अहिले कुलेखानी जलाशयमा सात मिटर पानी कम भएको खबर आजको नागरिकमा छ ।

अत्यावश्यक समयमा बिजुली निकाल्न कुलेखानीको पानी प्रयोग गरिन्छ । तर, जलाशयमा पानी कम भएका कारण नेपाल विद्युत प्राधिकरणले कुलेखानी आयोजना सञ्चालन गरेको छैन ।

कुलेखानीमा पानी नभरिने हो भने आगामी हिउँदमा लोडसेडिङ व्यवस्थापन गर्न कठिन हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘सबैतिरबाट धोका पाएको प्राधिकरणलाई वर्षातले पनि धोका दिन लाग्यो,‘ उनले भने, ‘भारतबाट एलइडी बल्ब, सोलार प्लान्ट निर्माण गर्न नसकिएको अवस्थामा प्रकृतिले पनि साथ दिएन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org