ताजा समाचार

तराईको मिथिलाञ्चलमा आज रक्षाबन्धन पर्व मनाईदै, सार्वजनिक विदा दिईयो

काठमाडौं, २३ साउन । दाजुभाइ दिदीबहिनीबिचको प्रेम र स्नेहको पर्वका रुपमा रक्षाबन्धन मिथिलाञ्चलमा धुमधामसँग मनाइँदै छ । प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन रक्षाबन्धन पर्व मनाउने गरिन्छ । सरकारले तराईका २० जिल्लामा रक्षाबन्धनको लागि आज सार्वजनिक विदा दिएको छ ।

श्रावण शुक्ल पूर्णिमामा रक्षाबन्धन पर्व मनाउने भन्दै तराईका २० जिल्लामा सरकारले सार्वजनिक विदा दिएको हो । तर, सोमबार चन्द्रग्रहण लाग्ने हुँदा पञ्चांग निर्णायक समितिको निर्णयअनुसार साउन १३ गते नागपञ्चमीकै दिन रक्षा बन्धन र जनैपूर्णिमा मनाइएको थियो ।

धेरैजसो मधेसी समुदायले भने नागपञ्चमीको दिन जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाउने भएकाले आज विदा दिईएको गृह मन्त्रालयले जनाएको छ । तराई मधेसका जिल्लाहरुमा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई राखी बाँधिदिई दिर्घायू र सुस्वास्थ्यको कामना गर्दै रक्षाबन्धन पर्व मनाउने गरिन्छ ।

गृहमन्त्रालयले सूचना निकालेर तराई मधेसका २० जिल्लामा सार्वजनिक विदा दिएको छ । झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुर जिल्लामा आज सार्वजनिक विदा दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org