ताजा समाचार

वास्तविक मूल्य नभन्न जग्गाधनीलाई आयल निगम अधिकारीहरुको धम्की

काठमाडौं, ३१ साउन । नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् । चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रूपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने भनेपछि बिचौलिया मार्फत आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएको खबर आजको नागरिक दैनिकमा छ ।

निगमले झापामा जग्गा किन्ने क्रममा अधिकांश जग्गाधनीलाई अतिरिक्त रकम दिएर दोब्बर भन्दा बढी मूल्यको कागजातमा हस्ताक्षर गराएको खुलेको छ। कसैलाई पनि वास्तविक मूल्यबारे नबताउने शर्तमा राज्यकोषको लाखौ रकम खर्चेको आयल निगम नेतृत्वले सञ्चार माध्यमसँग मुख खोल्न थालेका जग्गा धनीलाई चुप बस्न भनेका छन्।

सरकारी मूल्याङ्कन वा चलनचल्तीको भाउ भन्दा दोब्बर मूल्यमा जग्गा किनबेच भउको देखाएर करोडौं रकम घोटाला भएको आरोप खेपिरहेका आयल निगम नेतृत्वले जग्गाधनीको मुख थुन्न राज्यकोषको अतिरिक्त रकमसमेत खर्चेको हो। जग्गा बिक्री गर्दा त्यसरी अतिरिक्त पैसा बुझेकै कारण जग्गा धनी मौन बसेका छन्। केहीले भने लामो अनुरोध पछि कुरा खोलेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org