ताजा समाचार

लद्दाख सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, दुबैतिर केही सैनिक घाइते

काठमाडौं, ३२ साउन । सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान भएको छ । चीन भारत सीमा क्षेत्र लद्दाखमा भएको ढुंगा हानाहानमा दुबैतर्फका केही सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघिदेखि नै डोकलाम क्षेत्रमा दुबै देशका सेना आमनेसामने भएर बसेका छन् । सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न कुटनीतिक प्रयास असफल हुँदै गएको परिस्थितिमा लद्दाखमा मंगलबार दुबै मुलुकका सेना एकआपसमा भिडेका हुन् । यद्यपि दुबैतर्फबाट हतियार भने प्रयोग गरिएको थिएन ।

भारतले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा चिनियाँ सेना प्रवेश गर्न खोजेपछि सामान्य झडप भएको हो । तर चीनले सीमा क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्न खोजेपछि भारतीय सेनालाई पछाडि हटाइएको दाबी गर्दै आएको छ । स्थिति नियन्त्रणमा लिन ‘ब्यानर ड्रिल’ गरिएको र दुबै पक्षका सेना आ–आफ्नो स्थानमा फर्किएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org