ताजा समाचार

कुलमान घिसिङको नेतृत्वले गर्दा विद्युत प्राधिकरण १५ वर्षपछि सञ्चालन नाफामा

काठमाडौं, १ भदौं । नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि सञ्चालन नाफामा गएको छ । विद्युत उत्पादन, प्रसारण र वितरणको एकाधिकारप्राप्त पूर्ण सरकारी स्वामित्वको प्राधिकरण १५ वर्षपछि सञ्चालन नाफामा गएको हो । यसअघि प्राधिकरण वार्षिक करोडौं घाटामा चलिरहेको थियो ।

नयाँ नेतृत्वले नयाँ ढंगबाट विजुलीको ब्यवस्थापन र चुहावट नियन्त्रण गर्दै काम गरेपछि प्राधिकरण १५ वर्षपछि सञ्चालन नाफामा आएको हो । तर, अझै पनि प्राधिकरण खुद घाटाबाट बाहिर निस्किन सकेको छैन । ०५९ देखि विद्युत प्राधिकरण निरन्तर घाटामा थियो ।प्राधिकरणले गत आर्थिक वर्ष ०७३/७४मा दुई अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । प्राधिकरण आर्थिक वर्ष ०७२/७३मा तीन अर्ब ६ करोड ३९ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा थियो ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गत वर्षको वाषिर्कोत्सवमा प्राधिकरणलाई नाफामा लैजाने घोषणा गरेका थिए, त्यसपछि प्राधिकरणको व्यवस्थापकीय सुधारको प्रतिबद्धता सहित कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान आफ्नो व्यवस्थापकीय कुशलता देखाएका छन् ।

प्राधिकरणको खूद नोक्सानी पनि एक अर्बभन्दा कम भएको छ । आर्थिक वर्ष २०७२/७३मा ८ अर्ब ८९ करोड खूद घाटामा रहेको प्राधिकरणको नाफा आर्थिक वर्ष २०७३/७४ मा उलेख्ख रुपमा घटेर ९७ करोड ८९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

विद्युत चुहावट नूनीकरण, आयातित विद्युतको औसत खरिद दरमा कमी, विद्युत महसुलमा समायोजन, प्रमुख शहरमा नियमित विद्युत आपूर्ति र आशिंकरुपमा भएको वित्तीय पुर्नसंरचना लगायतका संस्थागत सुधारले खुद नोक्सानी न्यून गर्न सकिएको घिसिङले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org