ताजा समाचार

उत्तर कोरियाद्वारा जापानको आकाशमाथि क्षेप्यास्त्र प्रहार, जापानले भने कुनै प्रतिक्रिया जनाएन्

काठमाडौं, १३ भदौं । उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रहार गरेको छ । संयुक्त राष्टसंघको प्रतिबन्दका बाफजुत उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र प्रहार गर्दै आएको छ । स्थानीय समयअनुसार मंगलबार प्रहार गरिएको उक्त क्षेप्यास्त्र उत्तरी जापानको आकाश हुँदै समुद्रमा खसेको थियो ।

जापानले भने उक्त क्षेप्यास्त्र खसाल्न कुनै प्रयास भने गरेन । त्यसको साटो जापानले आफ्ना जनतालाई सुरक्षित बस्न आग्रह गरेको थियो ।जापानका प्रधानमन्त्री सिन्जो आबेले क्षेप्यास्त्रलाई असाधारण चुनौती भएको बताएका छन् । पछिल्लो समय उत्तर कोरियाले जापानतर्फ लक्षित थुप्रै क्षेप्यास्त्र प्रहार गर्ने गरेको छ । तर, जापानको आकाशमाथि क्षेप्यास्त्र प्रहार भएको बिरलै पाइन्छ ।

गत शुक्रबार र आइतबार पनि उत्तर कोरियाले तीन छोटो दुरीको मिसाइल आफ्नो पूर्वी तटबाट समुद्रतर्फ प्रहार गरेको थियो । मिसाइल प्रहार भएपछि उत्तरी जापानमा खतराको आर्लामहरु बजाए पनि पब्लिक ब्रोडकास्टर एनएचकेले यसबाट कुनै क्षति नभएको बताएको छ ।

पछिल्लो क्षेप्यास्त्र प्रहारले कोरियाली प्रायद्वीपमा थप तनाव थपिने विश्लेषकहरु बताउँछन् । दक्षिण कोरियाली सेनाका अनुसार पछिल्लो क्षेप्यास्त्र उत्तर कोरियाको राजधानी प्योङयाङ नजिकैबाट प्रहार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org