यसरी ठग्छन् ट्याक्सी चालकले रातमा
रातको समय थियो । घडीमा १ः३५ बजेको थियोे । म र भाई स्कुटीमा कलंकी चोक पुग्यौ । जहाँ ट्याक्सीको लाइन थियो । ड्राइभर आनन्दले सुतेझैँ देखिएका थिए । त्यसबेला मैले २०७२ सालमा गएको भूकम्पको सम्झना गरेँ । त्यतिबेला हामी पुरै गाउँका मानिस, उक्त ट्याक्सी लाइन जसरी सुतेका थियौँ । त्यो समयलाई सम्झँदा अहिले पनि मेरो शरीर काम्छ । खैर, छोडौँ यो कुरा ! यहाँनिर कुरो अर्कै छ ।
म एउटा ट्याक्सीको नजिक गएँ दाई–दाई भनेर दुईचोटी बोलाएँ । तर, त्यो ड्राइभर उठ्न त परै जाओस् झन घुर्न पो थाल्यो । भाई पनि त्यसैगरी अर्कोलाई बोलाउँदै रहेछ । धन्न त्यो उठ्यो । उसलाई बोलाएको सुनेर अरू ड्राइभर पनि आँखा मिच्दै झ्यालबाट मुन्टो बाहिर निकालेर के–के न भएझैँ गरी हेर्दै थिए । दाई, बालमैत्री हस्पिटल लगिदिनुस् न ! भनेर मैले भाइले उठाएको ड्राभरको सामु गएर भनेँ । ड्राइभरले कति दिनुहुन्छ भन्यो । मैले कतिमा लगिदिनुहुन्छ, लैजानु पनि भएको होला भनेँ । उसले अँ लगेको छु, रातको समय हो, दिनुस् न रु २००० भन्यो । म अचम्मित भएँ ! ऊसँग एक शब्द नबोली हामी अर्को ट्याक्सी भएको ठाउँमा पुग्यौँ । अर्कोले पनि भृकुटीमण्डपमा ती ताँती मिलेर बसेका पसलेहरूले सबै पसलमा कपडाको मूल्य उही बताएझैँ उसले पनि रु २००० नै भन्यो । त्यसपछि मेरो टाउको भाउन्न भयो । घरमा एक वर्षको छोरो कोलाहाल गरेर रोएको तीन घण्टाभन्दा धेरै भइसकेको थियो । ऊ न बोल्न जान्थ्यो न कतै यो भएको छ भनी देखाउन नै सक्थ्यो । केहि समय त ठिक होला भनेर बोकेर पुरै घर डुलाइयो । तर, उसको रुवाई झन–झन बढ्दै गयो । त्यसपछि हामी सबै आत्तियौँ । स्कुटिमा लैजाऊ भने पनि बाहिरको मौसम आफूले मागेको कुनै कुरा नपाउँदा रोएको बालकले जस्तै अँध्यारो मुख लगाएर कतिखेर सुसाउँदै बर्षाको धारा बगाउने पत्तो नभएझैँ देखिन्थ्यो । त्यसपछि शरिर चिसो बनाउँदै भाई र म ट्याक्सी खोज्न निस्किएका थियौँ । २० मिनेट भैसकेको थियो ट्याक्सी लिन गएको । पैसाको कुरा नमिलेर हामी दिक्क भैसकेका थियौँ । भाईले रु २००० नै तिरेर भने पनि जाऊँ उता भान्जोलाई गाह्रो भइसक्यो होला भन्यो । सातौँ ट्याक्सिमा पुगेपछि हामीले जति भन्छ त्यती नै दिने निधो गर्यौ । ड्राइभरलाई दाई हामीलाई बालमैत्री हस्पिटलसम्म लगिदिनुस् न भनेर मैले भने ! उसले पहिलो ड्राइभरले भनेको जस्तैगरी कति दिनुहुन्छ भन्यो । म हैरान भैसकेको थिँए, सबैको रेट उही सुनेर तै पनि उसलाई मैले बिरामी लिएर जान लागेको दाई मिलाएर लगिदिनुस् न भनेँ,उसले भन्न त रु २००० भन्ने हो, हिँड्नुस् रु १००० मै लगिदिन्छु भन्यो । छ जनालाई मिटरमा जाऊँ न त जति उठ्छ त्यती दिन्छु रु २००० त धेरै भयो भन्दा मानेका थिएनन् । फेरि एकपटक यसलाई पनि मिटरमा जाऊँ भन्न प¥यो भनेर सोचेँ । तर यसले रु २००० बाट घटाएर रु १००० मा लगिदिन्छु भनेको हुनाले केही नभनी त्यही सर्तमा हामी हस्पिटल गयौँ र हामीले उसलाई रु १००० नै दियौँ ।
के १००० रुपैँया लाग्ने नै हो त बालमैत्री हस्पिटल गएको ? यो कुनै नौलो र बनावटी कुरा होइन । दुई–चार दिन अघिको ताजा कुरा हो । हामी नेपालीमा किन लोभ–मोह बढि छ ? त्यो पनि अर्कालाई लुट्नमा ! मानवताको नाता पटक्कै छैन । अनि कहिले देश सप्रिने सडकमा ? कमाउन बसेकादेखि महलमा रमाउन बसेका समेत निम्न वगीृय जनतालाई ठगेर सम्पती थुपार्नु पर्छ भन्ने ध्याउन्नमा लागेका छन् जस्तो अनुभूति पंक्तिकारलाई हुन्छ । मैले त सकेँ १००० रुपैँया तिर्न, के सबैले भनेजति तिर्न सक्छन् ? कतिका बालबच्चा बिरामी पर्छन् होला रातको समयमा ? भनेजति पैसा तिर्न सक्ने हैसियत सबैको हुन्छ ? टाढा–टाढाबाट आएर डेरामा बसेका छन्, तिनीहरुको पनि बालबच्चा होला, नजिक कुनै स्वास्थ्य संस्था नहुन पनि सक्छ । यस्तो अवस्थामा राती घरमा बच्चा बिरामी हुन्छ न बाहिर सडकमा भाडाका सवारी गुडेका हुन्छन् त केवल पैसा असुल्न बसेका ट्याक्सी भनौँदाहरू ! साथमा केटा मानिस नहुने हो भने इज्जत नै लुटिनेसम्मको डर हुन्छ । अब के गर्ने ? सधैँ लुटेराहरूलाई मनोमानी गर्न दिइरहने ? त्यसैले यसतर्फ मुख्यतः ट्याक्सी ड्राइभरको ध्यान जानु जरुरी छ । सबै ड्राइभर त्यस्ता नहोलान् तर धेरै त्यस्ता छन् जो सँग कुनै मानवीयता नै छैन जस्तो लाग्छ । ट्याक्सीको भाडाको विषयमा पनि सम्बन्धीत निकायले नियमित अनुगमन गर्नुपर्ने देखिन्छ । मिटर नराख्ने, मिटरमा हिँड्न नमान्ने ट्याक्सीवालाहरूलाई कडा कारवाही गर्नुपर्छ ।
यो पनि पढ्नुहोस्
http://news-nepal.com/%e0%a4%9f%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a4%a3%e0%a5%80-%e0%a4%b5%e0%a4%be%e0%a4%a3%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%8f/
Comments
अरु समाचार
-
सुशासन प्रर्वद्धन र भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका महत्वपूर्ण छः प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले सुशासन प्रर्वद्धन गर्दै भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका...
-
पूर्वएआईजी श्यामलाल ज्ञवालीविरूद्व अख्तियारमा उजुरी
– न्यूज नेपाल (विशेष सम्बाददाता) काठमाडौं । अनेकौं आर्थिक अनियमितता, लेनदेन, घुस र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
आजको राशिफलः २०८१ साल भदौ भदौ ३ गते सोमबार
मेषः रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्...
-
‘ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हतास मनस्थितिको उपज’
-अलेक्जेन्डर दुगिन ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप...
-
खैत करार सेवामा समावेसी सिधान्त को पालना? : संविधानको उल्लंघन वा केन्द्र सरकारको अज्ञानता
सामाजिक न्याय भनेको समाजका सबै व्यक्तिहरूलाई समान अवसर, समान अधिकार, र समान प्रतिष्ठा प्रदान गर्ने सिद्धान्त हो। यसको मुख्य उद्देश्य...
-
गणतन्त्र नेपाली जनताका लागि महत्वपुर्ण छ, त्यसैले यसलाई फलाउन, फुलाउन र जोगाउन लागौँ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै...
-
‘‘मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव’’–डा राजीव झा
काठमाडौं । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन...
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...