ताजा समाचार

सप्तरीको सप्तकोशी नगरपालिको मेयर उपमेयर दुवैमा एमाले विजयी

सप्तरी, ५ असोज । सप्तरीमा नेकपा (एमाले) ले विजयी सुरुवात गरेको छ । सप्तकोशी नगरपालिकाको प्रमुख, उपप्रमुखमा एमालेका उम्मेदवारले जित हासिल गर्दै सप्तरीमा पहिलो जित हासिल गरेका हुन् । प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार ३९ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका ध्रुब कार्कीले एक हजार आठ सय ८३ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकै आशा चौधरीले तीन हजार दुई सय सात मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी राजकुमारी चौधरीले दुई हजार एक सय ९३ मतमा चित्त बुझाइन् । सप्तकोशी नगरपालिकाको ११ वटा वडामध्ये छ वटा वडामा एमाले प्यानल विजयी भएको छ भने पाँच वटा वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org