ताजा समाचार

वीरगञ्ज महानगरको मतगणना अन्तिम चरणमा, संघीय समाजवादी फोरमका सरावगी जिततर्फ

पर्सा, ११ असोज । वीरगञ्ज महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा संघीय समानवादी फोरम जीततर्फ अग्रसर भएको छ । मतगणनाको शुरुवातदेखि नै कडा प्रतिस्पर्धा रहेको वीरगञ्ज महानगरको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी जीततर्फ अग्रसर भएका हुन् । मतगणना सकिन लाग्दा सरावगीले आफ्ना मुख्य प्रतिद्वन्द्वी काँग्रेसका अजय द्विवेदीसँगको मतान्तर बढाउँदै लगेका छन् ।

८४ हजार भन्दा बढी मत खसेकोमा ८१ हजार ४ सय ७५ मत गन्दा सरावगीले १८ हजार ८ सय ८४ मत पाएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीको १६ हजार ९ सय ३५ मत छ । फोरमले कांग्रेससँगको मतान्तर १ हजार ९ सय ४९ पुर्याएको हो । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेस र फोरमले आलोपालो अग्रता लिइरहेका थिए । हिजोदेखि भने समाजबादी फोरमले लगातारजसो अग्रता लिइरहेको छ । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ ।

संघीय समाजवादी फोरम नेपाल

मेयर (विजयी सरावगी) : १८८८४
उपमेयर (पिंकी यादव) : १८००५

नेपाली कांग्रेस

मेयर (अजयकुमार द्विवेदी) : १६९३५
उपमेयर (शान्ति कार्की) : १९३३८

राजपा 

मेयर (राजेशमान सिंह) : ११५४४
उपमेयर (रम्भा मिश्र) : १०१०९

नेकपा एमाले

मेयर (बसुरुद्दिन अन्सारी) : ८११९
उपमेयर (सोफिया आचार्य) : १०१६५

माओवादी केन्द्र

मेयर (रहबर अन्सारी) : ८११९

उपमेयर (दुर्गा क्षेत्री) : ४९३२

फोरम लोकतान्त्रिक

मेयर (विमल श्रीवास्तव) : ८२१९
उपमेयर (रींकू यादव) : ७२०४

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org