ताजा समाचार

रामेछापमा करेन्ट लागेर आमा–छोराको मृत्यु, अर्का घाइतेको अवस्था गम्भीर

रामेछाप, १५ असोज । रामेछापमा करेन्ट लागेर आमा र छोराको ज्यान गएको छ । दोरम्बा गाउँपालिका–६ लखनपुरमा करेन्ट लागेर ७२ वर्षकी टीकादेवी गौतम र उनकी छोरा ४२ वर्षका लालबहादुर गौतमको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा छिमेकी ५८ वर्षका लालबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । आइतबार बिहान घरमा मोवाइल चार्ज गर्न लाग्दा विद्युत लाइनमा हाइभोल्जेट आएसँगै टीकामायालाई करेन्ट लागेको थियो । आमालाई करेन्टबाट छुटाउन गएका छोरा लालबहादुरलाई पनि करेन्टले लागेको हो ।

गम्भीर घाइते लालबहादुर बस्नेत

करेन्ट लागेर बेहोस भएका तीनैजनालाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको थियो । ग्राण्डी अस्पताल पुर्‍याउँदा डाक्टरले टीकामाया र उनका छोरा लालबहादुरलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

अर्का घाइते लालबहादुर बस्नेतको भने ग्राण्डी अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ  । विद्युत प्राधिकरणको लापरबाहीका कारण उक्त घटना भएको स्थानीयको भनाई छ । यस अघि सोही वडामा हाईभोल्टेजका कारण तीन जनाको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org