ताजा समाचार

भारतीय प्रहरीको नियन्त्रणमा रहेका सप्तरीका देवनारायण र उनका छोरामाथि अपहरण मुद्दा


सप्तरी, १६ असोज । भारतीय प्रहरीको नियन्त्रणमा रहेका सप्तरीको तिलाठीका देवनारायण यादव र उनका छोरा अजयमाथि अपहरणको मुद्धा चलाईएको छ । सीमा मिचन खोज्दा प्रतिबादमा उत्रिएका यादव बाबुछोरालाई आइृतबार भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको थियो ।

भारतको सुनौलीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन सुनौली गएका बेला देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतको सुपौल जिल्ला अन्तर्गत कुनौली थानाले पक्राउ गरेका देवनारायणलाई बीरपुर थानाले अपहरणको मुद्दा चलाएको हो ।

अजयले केही महिना अघि १८ बर्षीया भारतीय युवतीसँग विवाह गरेका थिए । युवतीका परिवारले उजुरी गरेपछि अजय र उनका बाबुलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । तिलाठीका गाउँलेले भने यादव बाबुछोरालाई भारतीय प्रहरीले फसाउन खाजेको आरोप लगाएका छन् ।

नेपाल भारत सिमामा पर्ने तिलाठिमा पोहोर भारतीय पक्षले सिमा मिच्न खोजेपछि रोक्न गएका देवनारायण भारतीय सुरक्षाकर्मीसँगको झडपमा घाइते भएका थिए । त्यहि कारण देवनारायण र छोरालाई पक्राउ गरि अपहरणको मुद्दा चलाएकोे तिलाठीका बासिन्दाको भनाई छ । यता नेपाल सरकारले भने उनीहरुको रिहाईको पहल भईरहेको जनाएको छ । गृहमन्त्री जनार्दन शर्माको पहलमा उनीहरुको रिहाईको लागि भारतीय अधिकारीसँग कुराकानी भईरहेको जनाईएको छ ।

http://news-nepal.com/64028e/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org