ताजा समाचार

अज्ञात रोगका कारण झापाको मुसहर बस्तीमा २ जनाको मृत्यु, ९ जना सिकिस्त

झापा, १६ असोज । अज्ञात रोगका कारण झापामा २ जनाको ज्यान गएको छ । अझै ९ जना सिकिसत बिरामी छन् । अज्ञात रोगका कारण कनकाई नगरपालिका–४ स्थित टेक्रामा मुसहर समुदायका २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षिया वसन्ती ऋषिदेवको ज्यान गएको हो ।

सुरुङ्गा बजारदेखि ४ किलोमिटर दक्षिणमा रहेको मुसहर बस्तीमा फैलिएको रोगका कारण २७ वर्षीय दुर्गा ऋषिदेव, २४ वर्षीया मेनुका ऋषिदेव, २४ वर्षीया राधा ऋषिदेव, सानु ऋषिदेव, ललिता ऋषिदेव, जीवन ऋषिदेव, सुरे ऋषिदेव, सागर चौधरी र नाम नखुलेका चौधरी थरका एक पुरुष सिकिस्त बिरामी परेका छन् । बिरामीमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ ।

बिरामीहरुलाई कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले सदरमुकाम भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगेको छ । बिरामीहरुमा टाउँको दुख्ने, ज्वरो आउने र रगतसहितको वान्ता आउने समस्या देखिएको कन्काई नगरका मेयर पोखरेलले जानकारी दिए । दशैँका बेला रोग फैलिएपछि कन्काईका बासिन्दा चिन्तित छन् ।

सुरुंगा बजारदेखि चार किलोमिटर दक्षिणमा पर्ने मुसहर बस्तीमा फैलिएको रोगका कारण नारायणको तीन दिनअघि नै ज्यान गएको हो । बसन्तीको भने गएराति ज्यान गएको स्थानीयबासीले जनाएका छन् । सुरुमा टाउको दुख्ने, ज्वरो आउने र रगत बान्ता भएपश्चात मृत्यु भएको मुसहर बस्तीका रामविलास ऋषिदेवले जानकारी दिए । रोग लागेको २ दिनभित्र बिरामीको मृत्यु हुने गरेको छ ।

बिरामीहरुलाई घरैमा राखेर धामीझाँक्रीमार्फत् झारफुक गरिरहेको अवस्थामा उद्धार गरी मेची अञ्चल अस्पताल पु¥याइएको हो । आफ्ना देवता बिग्रिएका कारण यस्तो प्रकारको रोग लागेको मुसहर टोलका अगुवाले बताउँदै आएका छन् ।

फोटोः नयाँपत्रिका दैनिकबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org