ताजा समाचार

यी हुन्, रोल्पाबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि माओवादी केन्द्रका उम्मेदवार

रोल्पा, १६ असोज । नेकपा माओवादी केन्द्र रोल्पाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय तहका नेता देखि पार्टी अध्यक्षका स्वकीय सचिवसम्म सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि वर्षमान पुन ‘अनन्त’लाई अगाडि सारिएको छ । पूर्वअर्थमन्त्री र पूर्व शान्तिमन्त्री बनिसकेका अनन्त माओवादी केन्द्रका प्रभावशाली नेता हुन् ।

यसैगरी प्रदेश सांसदका लागि रोल्पा क्षेत्र नम्बर १ बाट सचिवालय सदस्य जोखबहादुर महरा र युवा नेता कुलप्रसाद केसी ‘सोनाम’लाई सिफारिस गरिएको छ । महरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव हुन् । बादल समूहबाट एकता प्रक्रियामा आएका सोनाम भने अहिलेसम्म कुनै पनि लाभको पदमा पुगेका छैनन् ।

यसैगरी क्षेत्र नम्बर २ बाट केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’लाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको छ । जनयुद्धकालमा एउटा हात गुमाएका दीपेन्द्र विद्यार्थीबाटै राजनीतिमा लागेका हुन् । यसैगरी समानुपातिक तर्फ केन्द्रीय सांसदका लागि पूर्वमन्त्री जयपुरी घर्तीमगर, हाल सभामुख रहेकी ओनसरी घर्तीमगरलाई पनि सिफारिस गरिएको छ ।

प्रदेशका लागि क्षेत्र नम्बर १ बाट चन्द्रबहादुर बुढामगर ‘शेष’, मिना बुढामगर ‘प्रतिक्षा’, पवनकुमार कवँर, ओमबहादुर पुनमगर, सीता आचार्य, राजकुमार कवँर, इन्द्रबहादुर रोका सिफारिसमा परेका छन् । यसैगरी क्षेत्रनम्बर २ बाट सुरेन्द्र थापा घर्ती ‘ध्रुव’, तोपबहादुर डाँगी, कर्मलाल परियार, रामधन पुनमगर, हरीसरा घर्तीमगर, भक्तबहादुर वली र काशीराम बुढामगर सिफारिसमा परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org