ताजा समाचार

व्यवसायीको दबाबमा सार्वजनिक यातायातको भाडा बढाउने तयारी गर्दै सरकार

काठमाडौं, २३ असोज । फेरि सार्वजानिक यातायातको भाडा बढ्ने भएको छ । यातायात व्यवसायीको दबाबमा सरकारले फेरि सार्वजानिक यातायातको भाडा बढाउन लागेको हो । भाडा बढाउने विषयमा अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका निर्देशक प्रेमकुमार शाक्यको संयोजकत्वमा भाडा निर्धारण समिति गठन गरिएको छ । व्यवसायीले महंगी तथा अन्य शुल्क बढेको भन्दै न्यूनतम ३५ प्रतिशत भाडा बढाउनुपर्ने दबाब दिँदै आएका छन् ।

व्यावसायीले इन्धनको मात्रा ३५ प्रतिशतमात्रै रहेको र अन्य विषय ६५ प्रतिशत भएकाले इन्धनको मूल्य घटेको भरमा मात्रै भाडा स्थिर राख्न नसक्ने दावी गर्दै आएका छन् ।

दशैं अघि नै यातायात व्यावसायीले दबाव दिएर भाडा बढाउन खोजेका थिए । पछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीलगायत उच्च सरकारी अधिकारी र व्यावसायीका प्रतिनिधिबीचको वार्ताबाट तत्काल भाडा नबढाउने सहमति गरिएको थियो । तर व्यावसायीले तिहारलगत्तै भाडा बढाउन सरकार सहमत भएको बताउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org