ताजा समाचार

अमेरिकामा अहिलेसम्मकै भीषण आगलागीः १० को मृत्यु, साढे एक हजार घर जले

बीबीसी, २४ असोज । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्मकै भीषण आगलागी भएको छ । क्यालिफोर्नियाको वाइन बनाउने इलाकामा अहिलेसम्मकै भीषण आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भईसकेको छ । आगलागीमा परेर दुई जना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ ।

यहाँ राहत र बचाउका कार्य व्यापक मात्रामा भइरहेको छ । यो इलाकामा थुप्रैजना हराइरहेको पनि बताइएको छ ।आगो लागेपछि नापा, सोनोमा र यूबाबाट करिब २० हजारलाई हटाइएको छ । यो इलाकामा अंगुरको खेती हुन्छ ।

क्यालोफोर्नियाकामा गभर्नर जेरी ब्रानले नापा, सोनोमा र यूबामा आपतकालीन अवस्थाको घोषणा गरेका छन् । आगोका कारण मौसम थप गर्मी भएको छ । तीब्र हावा चलिरहेको छ । आफ्नो जलिरहेको घरबाट मानिसहरु ज्यान बचाएर भागिरहेका छन् ।

यूबाका एक निवासीले यो भयानक स्थितीलाई यसरी वर्णन गरे, ‘पूरा इलाकामा आगोले रातै देखिएको छ । हावा ६५ किलोमिटर प्रतिघण्टाको गतीमा चलिरहेको छ । आगोमा यस्तो तीब्र गतीको हावा चल्नुको अर्थ के हो थाहा छ ? म निकै दुखी छु । मेरा छिमेकका घर जले तर मैले आफूलाई बचाएँ ।’

क्यालिफोर्नियाका वन विभाग र अग्नी सुरक्षा विभागका प्रमुख किम पिमलोटले करिब साढे एक हजार घर नष्ट भइसकेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org