लेख : प्रचण्ड राजनेता हुन्, सधैँ पुज्नुपर्छ !
स्थानीय निर्वाचनमा गठबन्धित भएर चुनाव लडेका दलहरु प्रतिनिधि सभा र संघीय सभाको निर्वाचनमा पनि त्यहि ‘पासा’ पल्टाउने पक्कापक्की जस्तै छ । एमाले नेतृत्वको वाम गठबन्धनले माओवादीलाई ४० प्रतिशत हिस्सा दिने सहमति नै गरिसकेको छ । तर, त्यसको सकस देखा पर्न थालिसकेको छ ।
मुलुकका दुई ठुला कमिन्यूष्ट दल माओवादी– एमाले मात्र होईन यसअघि कमिन्यूष्ट सिद्वान्त नै त्यागिसकेका पूर्व माओवादी नेता डा.बाबुराम भट्टराई पनि गठबन्धनमा एककार भएका छन् । यस राजनीतिक परिदृश्यले देश भित्र र बाहिर भूँइचालो नै गएको छ । यो सफल भएमा नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास सुनौलो अक्षरले लेखिने छ । तर, वाम गठबन्धन विचमै तुहियो भने त्यो पनि इतिहास बन्ने नै छ, कस्तो बन्छ भन्ने गठबन्धनधारीलाई जगजायरै होला ।
नेपालमा कमिन्यूष्टहरु मिलेर बस्न सक्दैनन् । बेला–बेला कमिन्यूष्ट पार्टीभित्र भएको टुट र फुटले पनि यसलाई पुष्टि गरिदिएको छ । २००६ सालमा पुष्पलालले भारतको कलकत्तामा रहेर गठन गरेको नेपाल कमिन्यूष्ट पार्टीको नाम बाट खोलिएका पार्टी मात्र नेपालमा करिब एक दर्जन पुगिसकेका छन । जनमतको हिसाबले पानि नेपालमा करीब ७० प्रतिशत कमिन्यूष्टको पक्षमा जनमत छ । तर कमिन्यूष्ट पार्टीभित्र बेला बेलामा भैरहने टुट फुटले पनि उनीहरुको बहुमतको दीर्घकालीन सरकार निर्माण गर्न सकिरहेका छैनन् ।
यसपटक बाम एकताको रटान लगाएर माओबादीले आफ्नै इतिहास पुर्ण रुपमा मेटाएर पार्टीलाई एमालेकरण गर्दैछ । यो बाम एकता होईन बरु माओबादीको जनयुद्व र जनयुद्वका शहिद, अपाङ्ग र जनताप्रतिको धोका र गद्वारी हो ।
यसपटक नेपाली राजनीतिक इतिहासमा माओवादी– एमाले गठबन्धन कमिन्युष्ट एकताको केहि बलिया आधार सहित अगाडि आएको नेताहरुको दाबी छ । हुनत संविधान जारी भएसँगै माओवादी – एमाले गठबन्धनको संयुक्त सरकार बनेको थियो । त्यतिबेलै पनि प्रचण्ड र ओली बीच तत्कालको लागि आलोपालो सरकारको नेतृत्व गर्ने र भविष्यमा पार्टी नै एकता गर्ने भन्ने सहमति भएको समाचार बाहिरिएको थियो । तर, एमाले अध्यक्ष ओलीको राजनीतिक बेईमानीका कारण उक्त गठबन्धन एक बर्ष पनि टिक्न सकेन् । तसर्थ अहिलेको सहमति पनि ओलीको माओवादी काङ्ग्रेस गठबन्धनलाई भत्काएर आफु सत्तामा जाने चाल मात्र पनि हुन सक्छ ।
वाम एकताको बिषयमा पर्याप्त छलफल र गृहकार्य बिना आश्चर्यजनक रुपमा एक्कासी एकताको हल्ला चलाईएको छ । आ(आफ्नो स्वार्थको लागि चुनावी एकता भएता पनि पार्टी नै एकता हुनेमा भने पूर्ण शंका नै रहेको छ ।
हुन त नेपालमा कमिन्यूष्ट पार्टीभित्र एकै दलका नेताहरु पनि आपसमा मिलेर बस्न सकेको देखिदैन । पार्टी एउटा भएपनि त्यसभित्र गुट र उपगुटहरु छन् । त्यसमा पनि दुई ठुला प्रतिस्पर्धी दल एमाले माओवादी वीचको गठबन्धन पनि लामो समय टिक्नेमा शंका नै छ । दुई दलबीचको सांगठनिक संरचना, कार्यदिशा, पदीय भागभण्डा जस्ता बिषय पार्टी एकिकरणको लागि बाधक बन्ने देखिन्छ । अझ त्यसमा पनि माओवादीले त दश बर्षे जनयुद्वको गर्विलो इतिहास बोकेको छ । दश बर्षे युद्वलाई उसले जनयुद्व ठान्छ । एमालेले जनयुद्वलाई हिंसात्मक गतिविधि भन्दै आईरहेको छ । यदि एउटा कारण हुनसक्छ अर्को कारण भनेको बाहिर जे बोले पनि एमालेले संघीयता, धर्मनिरपेक्षता समावेशी समानुपातिकता जस्ता महत्वपूर्ण परिवर्तनलाई भित्र देखि स्वीकार गरेको छैन । अझ एमाले र पूर्व राजा वीच बेलाबेलामा गोप्य भेटवार्ता हुँदै आएको चर्चा पनि सुनिन्छ । त्यसकारण, व्यक्तिगत स्वार्थको लागि चुनावी भएपनि पार्टी एकता हुनेमा गम्भीर शंका छ ।
इतिहास हेर्ने हो भने एमालेले बिभिन्न समयमा अन्य दलहरुलाई धोका दिँदै आईरहेको छ । अर्थात धोकाको अर्को नाम एमाले भन्दा हुन्छ । स्पस्ट रुपमा भन्दा पशुपति प्रकरण र सेनापति प्रकरणमा एमालेले माओवादीलाई धोका दिएकै हो । अझ ओली सरकार निर्माणको समयमा एमालेबाट माओवादीलाई भएको धोका ताजै छ । त्यसकारण यसपटकको सहमति पनि पालना हुने बलियो आधार नै छैन ।
दुई तिहाई मत रहेको विभिन्न टुक्रामा विभाजित बामपन्थी शक्तिहरु एक हुनु पक्कै पनि देशको लागि शुभ संकेत हो ।
सँगै जनयुद्व लडेर माओवादी पार्टीलाई एउटा ऊचाईमा पुर्याएर छुट्टै पार्टी गठन गरेका बैध, बिप्लव र बाबुरामसँग माओवादी केन्द्रको एकता हुन नसक्ने तर, द्वन्दकालदेखि नै एक अर्काका राजनीतिक शत्रु र शान्ति प्रकृयाका एक अर्काका राजनीतिक प्रतिस्पर्धामा रहेको एमालेसँग एकता प्रस्ताव आउनुले माओवादीका आम कार्यकर्ता आश्चर्यमा परेका छन् । त्यो सँगै यसअघि पटक–पटक पार्टी विभाजित हुँदा वैद्य, विप्लव र बाबुरामलाई दोषी देख्ने कार्यकर्ताले समेत यसपटक बाम एकताको बिषयलाई लिएर प्रचण्डमाथि नै गम्भीर शंका गर्न थालिसकेका छन् । कि, प्रचण्ड कुनै अदृश्य शक्तिद्वारा परिचालित त छैनन् ?
शान्ति प्रकृयामा आउदै गर्दा नेतृत्वले गल्ती गरेकै हो । र यसपटक वाम एकताको नाममा आफ्नै इतिहास मेटाउने ठुलै गल्ती गर्दैछ माओवादी नेतृत्वले । २०६३ मंसीर ३ गते सरकारसँग बृहत शान्ति सम्झौता गर्ने नाममा दश वर्ष देखि चल्दै आएको सशस्त्र संघर्ष आजैका मितिदेखि अन्त्य गरियो भन्ने प्रस्तावमा प्रचण्डले सहीछाप गरे । त्यहीबाट माओवादीको इतिहास मेटाउने काम शुरु भयो । संसदीय व्यवस्थालाई प्रधान शत्रु मानेर सुरुवात गरिएको जनयुद्धको अन्त्य संसदीय व्यवस्थालाई नै स्वीकार गरेर अन्त्य गर्नुले नै माओवादी आत्मसमर्पणवादको बाटोमा लागेको पुष्टि हुन्थ्यो । त्यसै क्रममा जनमुक्ति सेनाको विघटन गराइयो । हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र २०५७ सालमै दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको संविधान सभाको कार्यदिशालाई कार्यान्वयन गर्ने क्रममा पहिलो संविधान सभामा भाग लिएर संविधानसभा मार्फत महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यसाथ गठन गरिएको र माओवादीकै बढी संख्या रहेको संविधानसभालाई माओवाीदीकै सरकार रहेको बेलामा बिघठन गराईयो ।
कमिन्यूष्टहरुवीच एकता हुनुपर्छ । तर, यहाँ पार्टीले आम कार्यकर्ताको भावना विपरित हतारमा निर्णय गरेको माओवादी कार्यकर्ताको आरोप छ । उनहरु चाहान्छन् एकता एउटै पार्टीमा रहेर राज्यको ज्यादती बिरुद्वसँगै जनयुद्व लडेका बैद्य, बिप्लव र बाबुरामहरुसँग होस् । प्रतिगामिको मतियार एमालेसँग होईन । यसपटक बाम एकताको रटान लगाएर माओबादीले आफ्नै इतिहास पुर्ण रुपमा मेटाएर पार्टीलाई एमालेकरण गर्दैछ । यो बाम एकता होईन बरु माओबादीको जनयुद्व र जनयुद्वका शहिद, अपाङ्ग र जनताप्रतिको धोका र गद्वारी हो ।
Comments
अरु समाचार
-
सुशासन प्रर्वद्धन र भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका महत्वपूर्ण छः प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले सुशासन प्रर्वद्धन गर्दै भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका...
-
पूर्वएआईजी श्यामलाल ज्ञवालीविरूद्व अख्तियारमा उजुरी
– न्यूज नेपाल (विशेष सम्बाददाता) काठमाडौं । अनेकौं आर्थिक अनियमितता, लेनदेन, घुस र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
आजको राशिफलः २०८१ साल भदौ भदौ ३ गते सोमबार
मेषः रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्...
-
‘ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हतास मनस्थितिको उपज’
-अलेक्जेन्डर दुगिन ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप...
-
खैत करार सेवामा समावेसी सिधान्त को पालना? : संविधानको उल्लंघन वा केन्द्र सरकारको अज्ञानता
सामाजिक न्याय भनेको समाजका सबै व्यक्तिहरूलाई समान अवसर, समान अधिकार, र समान प्रतिष्ठा प्रदान गर्ने सिद्धान्त हो। यसको मुख्य उद्देश्य...
-
गणतन्त्र नेपाली जनताका लागि महत्वपुर्ण छ, त्यसैले यसलाई फलाउन, फुलाउन र जोगाउन लागौँ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै...
-
‘‘मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव’’–डा राजीव झा
काठमाडौं । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन...
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...