ताजा समाचार

राजधानी ‘गुण्डामुक्त’ बनाउने प्रहरी योजना, गुण्डा देख्ने बिक्तिकै ‘इन्काउन्टर’

काठमाडौं, २६ असोज । यतिबेला राजधानीमा सुरक्षा खतरा बढेको छ । सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानि हत्या भयो । दिउँसै एक व्यवसायीमाथि गोली प्रहार गरी हत्या गरिनुले पनि सुरक्षा खतरा बढाएको छ । यसलाई मध्यनजर गर्दै प्रहरीले राजधानीबाट गुण्डा सफाया गर्ने योजना बनाएको छ ।

केही समय गुण्डाहरुबाट शान्त रहेको राजधानी गौचन हत्या प्रकरणले फेरी सलबलाएको प्रमाणित हुन्छ । राजधानीलाई गुण्डा मुक्त पार्न प्रहरीले आवश्यक परेको खण्डमा सिधै इन्काउटरको समेत योजना बनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका आयुक्त एआईजी जयबहादुर चन्दले गौचन हत्या प्रकरणप्रति दुःख व्यक्त गर्दै अब प्रहरीले नयाँ योजनाका साथ अगाडि बढ्ने बताए ।

काठमाडौंको सुरक्षा व्यवस्था कडा हुँदा हुँदै पनि सडकमा ढुकेर नियोजित तरिकाले कायरतापुर्ण तरीकाले गौचनको हत्या गरिएको भन्दै अभियुक्तहरुलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाए ।

उनले गौचनको हत्या घटनापछि राजधानीको सुरक्षा अवस्था विग्रिन नदिन प्रहरीले उच्च सर्तकता अपनाएको भन्दै घटनाको तिव्ररुपमा अनुसन्धान भइरहेको र छिटो भन्दा छिटो दोषिलाई कानुनी कठघरामा उभ्याउने गरी प्रहरीले आफ्ना संयन्त्रहरु परिचालन गरिरहेको जानकारी दिए । विगत केही वर्षयता राजधानीको सुरक्षा अवस्था एकदमै राम्रो भएको भन्दै पछिल्लो पटक व्यवसायीमाथि गोलिप्रहार गरी हत्या गर्ने समुहको खोजि कार्य तिव्र पार्नका लागि प्रहरीले छुट्टै टिम परिचालन गरिरहेको एआइजी चन्दको भनाई छ ।

यो घटनावाट प्रहरी निराश नभएको र आउँदा दिनमा यस्ता घटना हुन नदिनका लागि आफ्नोतर्फबाट पुर्णरुपमा सावधानी अपनाएको उनको भनाई छ । पछिल्लो समयमा राजधानिमा गुन्डागर्दी मौलाएको हो भनि जिज्ञासा राख्दा चन्दले भने–‘राजधानीमा गुन्डागर्दी मौलाएको छैन, ब्यवसायि गौचनमाथि भएको हत्याको घटनामा गुन्डागर्दी र आपराधिक पृष्ठभुमिका भएका समुहले जिम्मा लिइरहेको खवर सञ्चारमाध्यममा आइरहेको हुँनाले आम मानिसले फेरी गुन्डागर्दी मौलायो कि भन्ने परेको छ, त्यो कदापि होइन्, मैले सबैलाई विश्वस्त बनाउन चाहन्छु कि राजधानीमा गुन्डागर्दी नियन्त्रण गर्न प्रहरी सक्षम छ, यदि प्रहरीलाई हतियारसहित गुन्डाहरु आक्रमण गर्न आउछन् भने प्रहरीले इन्काउन्टर गरेर सिध्याउछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org