ताजा समाचार

तीन दलको बैठक बिना निष्कर्ष टुगिंयो, चिकित्सा शिक्षा र राष्ट्रिय सभा विधेयक नआउने

काठमाडौं, २७ असोज । तीन दलको बैठक बिना निष्कर्ष टुगिंएको छ । चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्वन्धी विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको हो । यससँगै संसदको यो बैठकबाट यी दुबै विधेयक ल्याउने प्रयास असफल भएको छ ।

दलहरुबीच सहमति जुटाउने प्रयासमा सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । सभामुखको कार्यकक्षमा बसेको बैठकमा दलहरुले आ-आफ्नो अडान राखेपछि बैंठक बिना निष्कर्ष टुंगिएको हो । संसदको अन्तिम म्याद आजसम्म मात्रै कायम रहनेछ । भोलीदेखि संसद विघटन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org