ताजा समाचार

उपत्यकामा २६ हजारले बिना लाइसेन्स गाडी चलाए, लाइसेन्स नबनाउने बरु १ हजार तिर्ने

काठमाडौं, ३० असोज । काठमाडौं उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई गाडी चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३/७४ मा २६ हजार पाँच सय २९ जनाले बिना लाइसेन्स गाडी बताएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेक गर्दा ठूलो संख्यामा चालक कारबाही गरेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी गाडी चलाउनेको संख्या धेरै रहेको बताउनुहुन्छ । ‘विना लाइसेन्स भित्री सडकमा गाडी चलाउने चालक धेरै छन्, ट्राफिक प्रहरीले यस्ता चालकमाथि विशेष अभियान चलाएको छ’ प्रमुख खनालले भन्नुभयो ।

उहाँले गाडीको वृद्धिसँगै लाइसेन्स नलिई गाडी चलाउने चालकको संख्यामा समेत वृद्धि हुँदै गएको बताउनुभयो ।महाशाखाले अहिले बिना लाइसेन्स गाडी चलाउने चालकमाथि एक हजार रुपैयाँ जरिवना लिँदै आएको छ । पहिला २५० रुपैयाँ राजश्व लिँदै आएको महाशाखाले २०७३ वैशाख १३ गतेको निर्णयअनुसार एक हजार रुपैयाँ राजश्व लिँदै आएको हो ।
पक्राउ परेका गाडी फिर्ता भने सम्बन्धित गाडी धनी वा चालकको आफन्तले लाइसेन्स लिएर आएपछि मात्र गर्ने गरिन्छ । अहिले काठमाडौं उपत्यकामा मात्र ११ लाखको हाराहारीमा गाडी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।– रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org