ताजा समाचार

चिनियाँ ठेकेदारको बदमासीपछि टनकपुरबाट थप ४० मेगावाट विद्युत् ल्याईने

काठमाडौं, १० कात्तिक । नेपाल विद्युत प्राधिकरणले भारत थप विद्युत ल्याउने तयारी गरेको छ । पश्चिम क्षेत्रमा देखिएको लोडसेडिङको समस्या समाधान गर्न प्राधिकरणले भारतको टनपुरबाट थप ४० मेगावाट विद्युत ल्याउने तयारी गरेको हो । त्यसको लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज भारत जाने भएका छन् ।

कुलमानले भारतमा रहँदा भारतीय विद्युत अधिकारीसँग थप विद्युत आयातका विषयमा वार्ता गर्नेछन् । ढल्केबरमा सवस्टेशन निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदारको बदमासीका कारण समस्यामा परेपछि प्राधिकरण थप विद्युत् आयातका लागि टोली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्न लागेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रवक्ता प्रबल अधिकारी र लेखा शाखाका प्रमुख समेत रहेका उपकार्यकारी निर्देशक लेखनाथ कोइराला नयाँ दिल्ली जान लागेका हुन् । चिनियाँ ठेकेदारको बदमासीका कारण आगामी हिउँदमा ढल्केबर सवस्टेशनबाट थप विद्युत् आयात हुन नसकेपछि टनकपुर मार्गलाई वैकल्पिक स्रोतको रुपमा प्रयोग गर्न लागिएको हो ।

प्राधिकरणको कार्य तालिकाअनुसार यसै महिना ढल्केबर सवस्टेशनको काम सम्पन्न हुने थियो । ढल्केबर– मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरेर सोही प्रसारण लाइन मार्फत २०० मेगावाट विद्युत् आयात गर्ने तयारीमा प्राधिकरण थियो । सो प्रसारण लाइनबाट विद्युत् आयात गरेपनि नगरेपनि प्राधिकरणले वार्षिक १ अर्ब रकम प्रसारण शुल्कवापत तिर्नुपर्नेछ । हाल सो प्रसारण लाइनबाट १४५ मेगावाट विद्युत् आयात भइरहेको छ ।

सवस्टेशन सकिएको भए सोही प्रसारण लाइनबाट सस्तो मूल्यको विद्युत् आयात गर्न प्राधिकरणलाई सहज हुने थियो । सो प्रसारण लाइनबाट विद्युत् आयात गर्दा प्रतियुनिट रु ८.८८ मात्रै पर्दथ्यो । सवस्टेशनको काम नै नसकिएपछि प्राधिकरणले टनकपुरमा १०० एमभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको हो ।

बिहिबार मात्रै प्राधिकरण र भारतको पावर टे«ड कर्पोरेशनसँग ४० मेगावाट विद्युत् आयातको सम्झौता नविकरण गरिएको छ । टनकपुरमा रहेको प्राधिकरणको सवस्टेशनको स्तारोन्नती गरेर ८० मेगावाट विद्युत् आयात गर्ने योजना प्राधिकरणको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org