ताजा समाचार

एमाले-माओवादीबीच प्रदेश २ मा सिट बाँडफाँटः एमालेलाई र १३ माओवादीलाई १५

काठमाडौं, १३ कात्तिक । एमाले र माओवादी केन्द्रले प्रदेश नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँड गरेका छन् । स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा एमालेले २ नम्बर प्रदेशमा माओवादी भन्दा कम सीट पाएको छ ।

दुई नम्बर प्रदेशको स्थानीय तहमा एमालेभन्दा बढी स्थान विजयी भएको माओवादी केन्द्रले १५ सीट पाएको छ । एमालेले भने १३ सीटमा चित्त बुझाएको छ । कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएको माओवादी नेता मातृका यादवले जानकारी दिए ।

२ नम्बर प्रदेशमा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । त्यस्तै माओवादी केन्द्रले भने प्रतिनिधिसभाको १५ सिट पाउँदा प्रदेशमा २८ सिट पाएको छ ।

प्रदेशसभाका २ सिटबारे छलफल चलिरहेको छ । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभाको दुई सिट कसले लिने भन्ने तय भइनसकेको नेता यादवको भनाई छ ।

साथै पर्साको प्रतिनिधिसभाको सिट साट्नेबारे पनि एमाले र माओवादीबीच छलफल जारी छ । शीर्षतहमा भएको सहमतिअनुसार क्षेत्र नम्बर २ एमाले र ३ माओवादीको भागमा परेको छ । तर, स्थानीय स्तरबाट भने २ माओवादी र ३ एमालेले लिनुपर्ने राय आएको र छलफल भइरहेको हो ।

वाम गठबन्धनले सिट बाँटफाँटमा धनुषा क्षेत्र नम्बर ३ स्वतन्त्रलाई छाडेको छ । यहाँ नेपाली कांग्रेसबाट पूर्वगृहमन्त्री विमलेन्द्र निधि उम्मेदवार बन्दैछन् । यस्तै महोत्तरी २, सप्तरी ४ र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्रलाई दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org