ताजा समाचार

साउदी राजकुमार विन तलाल भ्रष्टाचार आरोपमा पक्राउ

एजेन्सी, १९ कात्तिक । साउदी अरेवियाका राजकुमार अल वालिद विन तलालसहित ११ राजकुमार पक्राउ परेका छन्। भ्रष्टाचार मुद्दा छानविनका क्रममा साउदी अरेवियाका राजकुमार अल वालिद विन तलालसहित ११ राजकुमार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चार बाहलवाला मन्त्री र दश पूर्वमन्त्री पनि छन्।

पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन। आरोपको विवरण पनि सार्वजनिक गरिएको छैन। तर, डेलीमेलले स्थानीय स्रोत उद्रृत गर्दै साउदी राजकुमार अल वालिद विन तलाल पक्राउ परेको दाबी गरेको छ। न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले पनि तलाल पक्राउ परेको उल्लेख गरेको छ।

तलाललाई तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले नेपाल भ्रमणका दौरान महाउज्जल राष्ट्रदीप विभूषणसहित सम्मान दिएको थियो। उनी विश्वकै धनीमध्येका व्यक्तिमा पर्दछन।

भ्रष्टाचार नियन्त्रणका लागि ‘एन्टी करप्सन कमिशन’ गठन भएको चार घन्टामै उनीहरु पक्राउ परेका हुन्। सन् २००९ देखि २०१२ सम्मको मर्स भाइरस संक्रमणका बेला भएको घटनाको सुरुवातदेखि अनुसन्धानका लागि पक्राउ गरिएको सञ्चार माध्यमरुको दाबी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org