ताजा समाचार

हिन्दू राष्ट्रको माग गर्दै पशुपतिमा विशेष पूजा

काठमाडौं, २७ कात्तिक । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दू राष्ट्रको माग गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेका छन्। आज पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मन्दिर परिसरमा पूजा शुभारम्भ गर्दै मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिलाई निरन्तरता दिन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष लोहनीले देशमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्नु पर्नेमा जोड दिँदै राष्ट्रिय चरित्र भएका संस्था र राष्ट्रवादी दलकाबीच समन्वय गरी मुलुकको राष्ट्रियता बलियो बनाउने र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले आफ्नो पार्टीले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराए। पूजामा पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताको सहभागिता थियो। रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org