ताजा समाचार

लाजमर्दो अवस्थाः उपत्यकाका सार्वजनिक यातायातमा जुम्रा र उडुसको समस्या

काठमाडौं, २७ कात्तिक । तपाई उपत्यकाका सार्वजनिक यातायातमा जुम्रा र उडुसको समस्याबाट कतिको पिडित हुनुहुन्छ ? लामो समयसम्म सफा नगरेर चलाईराख्ने सार्वजनिक यातायातमा यो समस्या व्याप्त । धुवा र धुलोले आजित काठमाडौंमा सार्वजनिक यातायात नचढि सुखै पाईदैंन् ।

विहान अफिस जाँदा होस् या घर फर्किदाँ होस् वा कुनै कामले सार्वजनिक यातायातको प्रयोग गर्नुपर्दा विभिन्न समस्याको सामना गर्दै आउनुपरेको छ । अब भने सार्वजनिक यातायातमा जुम्रा र उडुस देखिए ट्राफिक प्रहरीले तत्कालै कारबाही गर्ने भएको छ ।

अहिले राजधानीमा संचालनमा रहेका सबै बस, माइक्रो, ट्याक्सी टेम्पो सबै सवारीका साधन बाहिर र भित्रै निकै फोहर छ। उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन भित्र फोहर भए ट्राफिक प्रहरीले अब कारबाही गर्ने भएको हो । यातायत व्यवसायीले पनि यस विषयमा सहमति जनाइसकेका छन्।

‘हाम्रो उपत्यकामा चल्ने सवारी साधन निकै फोहर भयो, भित्र धेरै नै फोहर पाइयो, बाहिर त फोहर हुन्छ नै भित्र यात्रु फोहरमा यात्रा गर्न बाध्य भए, ‘महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा भने, ‘त्यही भएर सफा नगर्ने सवारी साधनलाई हामी कारबाही गर्छौ ।’

चिटिक्क कपडा लगाएर सार्वजनिक सवारी साधन चढेर कार्यालय जाने अवस्था नै नभएपछि यस्तो गर्नुपरेको खनालले बताए। खनालले गाडी भित्र चिटिक्क सफा गर्ने, सिटहरु सफा राख्ने, मैलो र गन्हाउने सिट कभरहरु फालेर नयाँ लगाउन सबै यातायत व्यवसायीहरुसँग आग्रह गरे ।

ट्राफिक प्रहरीले केही समयअघि उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन भित्र कत्तिको सफा छ भनेर अनुगमन गरेको थियो। त्यस बेला उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनभित्र फोहर मात्र होइन जुम्रा, उडुस र उपायँहरुसमेत भेटिएको थियो ।

सवारी साधन सफा गरेपनि धुलै धुलोले एकै छिनमा फेरि उस्तै बनाउने र समय समयमा मात्र सफा गर्ने गरेको चालकहरुले बताएका छन्। यातायत व्यवसायीहरुले पनि सडकको अवस्था राम्रो भए सवारी साधनको अवस्था पनि राम्रो हुने बताए।

नेपाल राष्ट्रिय यातायत व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले पुर्वाधारको विकास गरे आफूहरु सोही अनुसार चल्ने बताए। यातायात व्यस्वथा विभाग अन्तर्गत बागमती अंचलमा अहिलेसम्म दर्ता भएको विवरण अनुसार बस ११ हजार ७ सय ८४, मिनी बस ११ हजार २ सय, माइक्रो २३ सय ४५ र टेम्पो २५ सय २८ वटा चल्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org