ताजा समाचार

पत्नीलाई उत्तराधिकारी बनाउन खोज्दा जिम्बाबेका राष्ट्रपति सेनाको हिरासतमा

एजेन्सी, २९ कात्तिक । जिम्बाबेमा सेनाले शत्ता आफ्नो हातमा लिएको छ । राष्ट्रपति रोबर्ट मुगाबेलाई नियन्त्रण लिँदै सेनाले सत्ता आफ्नो हातमा लिएको हो । सेनाले गरेको रक्तपातविहीन सत्ता परिवर्तनलगत्तै राष्ट्रपति मुगाबेलाई नियन्त्रणमा लिइएको जिम्बाबेको सत्तारुढ दलले ट्वीटमार्फत् दाबी गरेको छ । मुगाबे ‘सुरक्षित तर सेनाको हिरासतमा’ रहेको दाबी गरिएको छ ।

९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले उत्तराधिकारीको विवादमा उपराष्ट्रपतिलाई बर्खास्त गरेपछि जिम्बाबेमा राजनीतिक कलह चुलिएको हो । टीभीमा एक जनरलले सम्बोधन गर्दै सैन्य ‘कू’ नभएको एवं मुगाबे र उनको परिवार सुरक्षित रहेको बताएका छन् ।

सेनाले राष्ट्रपतिको वरिपरि रहेर अपराध गर्नेहरुमात्र आफ्नो निशानामा रहेको जनाएको छ । सन् १९८० देखि जिम्बाबेको शासन सत्ता मुगाबेको हातमा थियो । अहिले भने उनको उत्तराधिकारी को हुने भन्ने विवाद भएपछि सेना अगाडि आएको हो ।

मुगाबेलाई उनकी पत्नी ग्रेसले आफूलाई उत्तराधिकारी घोषणा गर्न दबाब दिएपछि यो अवस्था आएको बताइएको छ । पत्नीलाई उत्तराधिकारी बनाउनकै लागि उपराष्ट्रपति इमरसन मानगावालाई बर्खास्त गरिएको र त्यहीँबाट संकट चुलिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org