माओवादी : जनयुद्धदेखि वाम गठबन्धनसम्म
राजनीतिक रूपमा एउटै पार्टीमा रहँदा रहँदै पनि बिचारमा मत भिन्नता रहेको देखाउँदै विभिन्न राजनीतिक शक्तिहरू बेलाबखत विभाजित भएका इतिहास प्रशस्त छन् । तर, जसले बिचार र कार्य्दिशामा असन्तुष्टि पोख्दै पार्टी विभाजन गरेका छन् उनीहरूले जनताको पक्षमा कुनै पनि काम गर्न सकेको देखिदैन । कुनै समय नेकपा एमाले विभाजन गर्ने बामदेब गौतम, नेपाली काँग्रेस विभाजन गर्ने शेरबहादुर देउवा हुन् या काँग्रेसबाट छुट्टिएर फोरममा प्रवेश गरी स्वयम् मधेशी जनअधिकार फोरम विभाजन गरी लोकतान्त्रिक गठन गरेका विजयकुमार गच्छेदार हुन् उनीहरूले कुनै पनि रूपमा पार्टी विभाजनको औचित्य पुष्टि गर्न सकेनन् । र, अन्त्यमा व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्दै माऊ पार्टीमा फर्के ।
पार्टी विभाजनको इतिहास केलाँउदा सबैभन्दा बढि विभाजित पार्टी हो माओवादी । जसले छोटो समयमा धेरै पटक विभाजित हुनुप¥यो । जनयुद्धको समयमा जनताको भरोसाको केन्द्र थियो माओवादी। तर, शान्ति प्रक्रियामा आएपछि सरकारको नेतृत्व गरेसँगै छिटफुट रूपमा बाहेक माओवादीलाई जनताले पत्याउनै छाडे ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको संघारमा मुलुक छ । वाम र लोकतान्त्रिक गरी आ–आफ्नो दल रक्षाका लागि दलहरू गठबन्धनका साथ चुनावमा उत्रिएका छन् । कुनैबेला सबैभन्दा ठूलो पार्टी बनेको माओवादी अहिले अस्थित्व रक्षाका लागि निर्वाचनमा एमालेसँग नजिकिएको छ । खासगरी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले पार्टीलाई सही नेतृत्व गर्न सकेनन् । जनयुद्धका योजनाकार, पार्टीका अति महत्वपूर्ण व्यक्ति डा।बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ लाईसमेत पार्टीमा अड्याउन सकेनन् । डा.भट्टराईले पार्टी परित्याग गरेपछिको पार्टीको अवस्था नाजुक भएर एमालेसँग एकताको कुरो चलिरहेकै छ । प्रचण्डको यही कमजोरीकै कारण पार्टी कमजोर बनेको हो । दलहरू जुट्नु स्वागतयोग्य हो । अहिलेको वाम गठबन्धनले पनि जुटेर अघि बढ्नुपर्ने आवश्यकता सबै जनताले गरेका छन् । तर, गठबन्धन भएको केहि दिन नबित्दै डा।भट्टराई बाहिरिनुले पनि गठबन्धनभित्र लोभीपापीहरूकै हालिमुहाली रहेको पुष्टि हुन्छ । त्यसो त वाम गठबन्धनले देशलाई निकास दिन नसक्ने केही आधारहरू निर्वाचनमा टिकट वितरणमै देखिएको छ ।
वाम एकता आवश्यकता हो तर, प्रचण्डले त्यसअघि पूर्व माओवादी नेताहरू बिच एकताको प्रयास थाल्नुपर्थ्यो । उनले त्यसो त गर्न चाहेनन् नै बरू वाम एकतामा आएका बाबुरामलाई पनि क्षेत्र बाँडफाँडको बिषयमा बखेडा निकालेर गठबन्धनबाट बाहिरिन बाध्य बनाए । यस घटनाले त अझै गठबन्धन हुनुमा रहस्य रहेको संकेत गरेको छ । एउटै इतिहास निर्माणको लागि एउटै पार्टीमा रहेर लडेका नेताहरूबचि आज किन पानी बाराबारको स्थिति आयो रु राजनीतिक रूपमा आज किन एउटाले अर्काको अस्थित्व स्वीकार गर्न नसक्ने स्थिति आयो रु किन हिजो पार्टीलाई योगदान गर्नेहरूलाई निराश बनायो माओबादी नेतृत्वले रु यस बिषयमा न पार्टी नेतृत्वको ध्यान गएको छ न आम कार्यकर्ताको नै । सबैले पार्टी्भित्र आफ्नो स्वार्थ बाहेक केही खोजेको देखिन्न । आज पनि हिजो माओवादी जनयुद्धमा रगत पसिना बगाउने अधिकांश युवाहरू खाडीमा बेल्चा चलाइरहेका छन् । तिनकाबारे किन पूर्व माओवादी नेताहरूले एकशब्द बोल्दैनन् रु माओवादी कार्यकर्ताहरू अहिले पनि वाम एकताको पक्षमा छन् । तर, एमाले–माओवादी मात्र होइन सबै पूर्व माओवादी नेताहरूसहितको एकता चाहान्छन् । यदि प्रचण्डले आफू एक्लैको राजनीतिक भविष्य सुरक्षित गर्नको लागि भन्दै आम कार्यकर्ताको भावना विपरित एमालेसँग पार्टी एकता गरेमा उनको बारेमा माओवादी आन्दोलनलाई धोका दिएको ठहरिने छ । उनी आत्मसमर्पणवादको बाटोमा लागेको यो पहिलोपटक भने होइन । संसदिय व्यवस्थालाई प्रधान शत्रु मानेर सुरुवात गरिएको जनयुद्धको अन्त्य संसदिय व्यवस्थालाई नै नै स्वीकार गरेर अन्त्य गर्नुले नै माओवादी आत्मसमर्पणवादको बाटोमा लागेको पुष्टि हुन्छ । शान्ति प्रक्रियाकै क्रममा जनमुक्ति सेनाको विघटन गराइयो । हतियारहरू प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र, २०५७ सालमै दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको संविधानसभाको कार्य दिशालाई कार्यान्वयन गर्ने क्रममा पहिलो संविधानसभामा भाग लिएर संविधानसभा मार्फत् क्रान्ति सम्पन्न गर्ने उद्देश्यसाथ गठन गरिएको र माओवादीकै बढि संख्या रहेको संविधानसभालाई माओवादीकै सरकार रहेको बेलामा विघटन गराईयो । त्यतिमात्र होइन पार्टी्भित्र रहेका क्रान्तिकारी धारलाई पाखा लगाएर आत्मसमर्पणवादी समूहलाई बलियो बनाउने काम नेतृत्वले ग¥यो । यदि त्यसरी आत्मसमर्पण गरी एमालेसँग मिल्न नै भए १० वर्षे जनयुद्धको औचित्य के थियो रु त्यसको जवाफ जनताले अब को सँग खोज्ने रु अनि हिजो जनयुद्धको नाममा दुःख भोग्ने जनता माओवादी नेतृत्वको कदमप्रति चुप बस्न पक्कै बस्दैनन् ।
Comments
अरु समाचार
-
सुशासन प्रर्वद्धन र भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका महत्वपूर्ण छः प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले सुशासन प्रर्वद्धन गर्दै भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका...
-
पूर्वएआईजी श्यामलाल ज्ञवालीविरूद्व अख्तियारमा उजुरी
– न्यूज नेपाल (विशेष सम्बाददाता) काठमाडौं । अनेकौं आर्थिक अनियमितता, लेनदेन, घुस र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
आजको राशिफलः २०८१ साल भदौ भदौ ३ गते सोमबार
मेषः रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्...
-
‘ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हतास मनस्थितिको उपज’
-अलेक्जेन्डर दुगिन ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप...
-
खैत करार सेवामा समावेसी सिधान्त को पालना? : संविधानको उल्लंघन वा केन्द्र सरकारको अज्ञानता
सामाजिक न्याय भनेको समाजका सबै व्यक्तिहरूलाई समान अवसर, समान अधिकार, र समान प्रतिष्ठा प्रदान गर्ने सिद्धान्त हो। यसको मुख्य उद्देश्य...
-
गणतन्त्र नेपाली जनताका लागि महत्वपुर्ण छ, त्यसैले यसलाई फलाउन, फुलाउन र जोगाउन लागौँ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै...
-
‘‘मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव’’–डा राजीव झा
काठमाडौं । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन...
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...