ताजा समाचार

चुनावी नतिजा प्रभावित गर्न प्रधानमन्त्री देउवा र पत्नी आरजु चुनाव लड्ने क्षेत्रका एआइजी परिवर्तन

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले निर्वाचन लड्ने क्षेत्रका प्रदेश प्रहरी प्रमुखका सरुवा गरेका छन् । देउवाले आफु मात्रै नभई पत्नी आरजु राणा चुनाव लड्ने क्षेत्रका प्रदेश प्रहरी प्रमुखको सरुवा गरेका हुन् । चुनावका मुखमा निर्वाचन आचारसंहिता विपरीत प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरिएको हो ।

गृहमन्त्रीको समेत जिम्मेवार सम्हालेका प्रधानमन्त्री देउवाको निर्देशनमा मन्त्रीपरिषद बैठकले ५ नम्बर प्रदेश र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजीको सरुवा गरिएको हो ।

७ नम्बर प्रदेशका प्रमुख एआइजी विजय भट्टलाई सचिवालयमा तानेर बुधबारै डिआइजीबाट एआइजी बढुवा भएका माधव नेपाललाई सात नम्बर प्रदेशमा पठाइएको छ । त्यस्तै ५ नम्बर प्रदेश प्रमुख एआइजी मिङमार लामालाई हेडक्वाटर तानेरे बुधबारै डिआइजीबाट एआइजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ ।

बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी र माधव नेपालसँगै हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको थियो । सरुवा भएका ७ प्रदेशकै दुई जिल्लाबाट प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राना चुनाव लड्दै छन् ।

देउवा ७ नम्बर प्रदेश अन्तर्गत डडेलधुराबाट र आरजु कैलालीबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org