ताजा समाचार

हुम्लाको हिल्सा नाका ७२ घण्टाका लागि बन्द

हुम्ला, ८ मंसिर । हुम्लाको उत्तरी हिल्सा नाका ७२ घण्टाको लागि बन्द गरिएको छ । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि हिल्सा नाका बन्द गरिएको हो ।

बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् ।

जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु मतपेटिकाहरु र मतपत्रसहित पुगिसकेकोले निर्वाचन मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारीले बाँस्कोटाले जानकारी दिए । म्यादी प्रहरी नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org