ताजा समाचार

बेलायती राजकुमार ह्यारीले अमेरिकी नायिका मेघानसँग बिहे गर्ने

काठमाडौं, ११ मंसिर । बेलायती राजकुमार ह्यारीले अमेरिकी नायिका मेघान माक्र्लेसँग बिहे गर्ने पक्का भएको छ । आफ्नी अमेरिकी प्रेमिका माक्र्लेसँग बिहे गर्ने पक्का भएको केन्सिङ्टन दरबारले जनाएको छ ।

राजकुमार ह्यारी र मेघान सन् २०१६ देखि डेट गरिरहेका थिए । उनीहरुले एक महिनाअघि मात्रै इन्गेजमेन्ट गरेका थिए । राजकुमार ह्यारीको इन्गेजमेन्टबारे बेलायती महारानी र नजिकका केही मान्छेलाई मात्र थाहा थियो ।

विवाहका अन्य तालिकाबारे पछि जानकारी गराइने बताइएको छ । केन्सिङ्टन दरबारले मेघान माक्र्लेका बुवाआमालाई सुभेच्छा दिएको छ । ह्यारीका दाजुभाउजू राजकुमार विलियम र क्याथरिनले पनि राजकुमार ह्यारी र मेघानको विवाहको खबर सार्वजनिक गर्न पाउँदा निकै खुसी भएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org