ताजा समाचार

प्रकाशलार्इ सम्झिँदै छोरा प्रसिद्धले यसरी बाँडे खाना र कपडा

चितवन, १७ मंसिर । बाबु प्रकाश दाहालको १३ औं दिनको पुण्यतिथिमा छोरा प्रसिद्धले वृद्धवृद्धालार्इ खानेकुरा र कपडा बाँडेका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका प्रकाशको १३ औं दिनको पूण्यतिथिको अवसरमा शनिवार छोरा प्रसिद्धले चितवनको देवघाटमा रहेका वृद्धवृद्धालार्इ खानेकुरा र कपडा बाँडेका हुन् ।

आफ्ना बुवाको १३ औं दिनको पूण्यतिथिको अवसरमा हजुरआमा सीतासँगै पुगेका उनले वृद्धवृद्धको मन जित्ने कोशिश गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पलकमल दाहाल ‘प्रचण्ड’ का एक मात्र छोरा प्रकाशको गत मंसिर ३ गते हृदयघातबाट ३६ वर्षको उमेरमा निधन भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org