ताजा समाचार

यस वर्षको भैरव अर्याल स्मृति पुरस्कार धुर्मुस-सुन्तलीलाई

काठमाडौं, १७ मंसिर । भैरव अर्याल स्मृति पुरस्कार धुर्मुस-सुन्तलीलाई प्रदान गरिएको छ । हेटौडामा सम्पन्न भैरव अर्याल स्मृति सम्मान पुरस्कार हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई प्रदान गरिएको हो । उक्त पुरस्कार सिस्नुपानी नेपाल र साहित्य संगम मकवानपुरले हाँस्यव्यग्यकार भैरव अर्यालेको स्मृतिमा स्थापना गरेको थियो ।

साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले पुरस्कृत कलाकारद्वयलाई २१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेकी थिइन् । डा. त्रिपाठीले धुर्मुस–सुन्तली हास्यकलाकार मात्र नभई बहुआयामिक व्यक्तित्व भएको बताईन् ।

देश विकाश र परिवर्तनका निम्ति धुर्मुस र सुन्तली जस्ता हजारौं मानिसको आवश्यकता रहेको भन्दै उनले थपिन, ‘धुर्मुस सुन्तलीले सामाजिक क्षेत्रमा देखाएको बाटो सबैले अनुशरण गर्नुपर्छ ।’

कार्यक्रममा धुर्मुसले मुलुकको मूर्धन्य हास्यकलाकार भैरव अर्यालको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘यो सम्मान र पुरस्कारले सामाजिक क्षेत्रमा काम गर्न थप ऊर्जा पैदा गरेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org