ताजा समाचार

पूर्व पोर्नस्टार सन्नी लियोनी सर्वाधिक खोजिने भारतीय अभिनेत्री बनिन्

एजेन्सी, १८ मंसिर । पूर्व पोर्नस्टार सन्नी लियोनी सर्वाधिक खोजिने भारतीय अभिनेत्रीको पहिलो नम्बरमा परेकी छन् । पछिल्लो फिल्म ‘तेरा इन्तजार’ ल्याएर आएकी सन्नी यस वर्ष अनलाइन प्लेटर्फममा सबैभन्दा बढि खोजि गरिएकी भारतीय अभिनेत्री बनेकी हुन् ।

उनले प्रियंका चोपडा, दिपिका पादुकोण, करिना कपुरजस्ता ठूला हिरोइनहरुलाई पछाडि पारेकी छन् । अत्यधिक खोजी गरिएका अभिनेत्रीहरुको सुचीमा कैटरिना कैफ, ईशा गुप्ता, दिशा पटानी र ममता कुलकर्णी जस्ता नामहरु पनि छन् ।

पुरुषतर्फको क्याटगोरीमा दिवंगत विनोद खन्नाको नाम सबैभन्दा माथि छ । दोस्रो स्थानमा कपिल शर्मा हुँदा सलमान खान र रजनीकान्त जस्ता स्टारहरु निकै पछाडि रहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org