ताजा समाचार

प्रियंकापछि एमी ज्याक्सन हलिउडमा डेब्यु गर्दै

मुम्बई, १८ मंसिर । प्रियंका चोपडापछि अभिनेत्री एमी ज्याक्सन पनि हलिउड अभिनयमा डेब्यु गर्दैछिन् । उनले पनि प्रियंकाझै अमेरिकन टिभी शो मार्फत हलिउड डेब्यु गर्न लागेकी हुन् ।

हलिउडको चर्चित टिभी सो ‘सुपर गर्ल’ को तेस्रो सिजमा उनी देखिन लागेको फोर्स म्यागजिनले उल्लेख गरेको छ । यो सोमा उनले इमरा आर्दीकाको भूमिका निर्बाह गर्दैछिन् । जसको पुष्टी उनले एक ट्वीट मार्फत समेत गरेकी छन् ।

एमी ब्रिटेनी मोडल पनि हुन् । २००९ मा उनको ब्रिटेनमा निकै चर्चा थियो । मोडलिङ एजेन्सी मार्फत नै बलिउड निर्माताले उनलाई भारत निम्त्याएका थिए । २०१२ मा उनले पहिलो भारतीय चलचित्र ‘दिवाना’ अभिनय गरिन् । तर यो चलचित्रले बक्स अफिसमा धमाल मच्चाउन सकेन ।

उनी चलचित्रमा प्रतीक बब्बरको अपोजिट भुमिकामा थिइन् । त्यसपछि केही चलचित्र अभिनय गरेकी एमीको २०१५मा सार्वजनिक चलचित्र ‘सिंह इज ब्लिङ’ हिट भयो । यस चलचित्रमा उनी अभिनेता अक्षय कुमारकी हिरोइन बनेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org